मर्चवार युवा जनजागरण क्लबले न्यानो कपडा वितरण अभियान चलाउदै

हृदयराम गुप्ता 121+ समाचार ( )
११ मंगशिर २०८०, सोमबार

मर्चवार न्युज

मर्चवार ११ मंसिर/ मर्चवार युवा जनजागरण क्लबले न्यानो कपडा वितरण गर्ने आभियान थाल्ने भएको छ । गत वर्ष देखि सुरु गरेको उक्त अभियानलाई यस वर्ष पनि निरन्तरता दिने क्लबका अध्यक्ष मोहम्मद आरिफ खानले जानकारी दिएका छन् ।

गत वर्षमा चिसो बढनथालेपछि मात्र उक्त अभियनको सुरु गरिए पनि यस पुर्व तयारीका साथ गरिब परिवारमा न्यानो कपडा वितरण गर्ने अध्यक्ष खानले बताए । क्लबका सदस्य तथा विभिन्न ब्यक्तिहरुको सहयोगले गत वर्षमा करीब ३ सय परिवारमा न्यानो कपडा वितरण गरेको उनले बताए । 

बढदै गरेको चिसोले कुनै परिवारमा कसैको ज्यान नजओस भनी यस वर्ष पनि विभिन्न गरिब परिवारमा न्यानो कपडा वितरण गर्न क्लबका सदस्यहरुले तयारी गरेका र अन्य सहयोगी हाथहरुलाई सहयोगको लागि अनुरोध गरेको अध्यक्ष खानले बताए । उनले भने ‘हामी युवा साथीहरु समाज कै लागि हो, समाजको दुःख पिडा न्युन गर्न यो अभियानको थालनी गरेका छौँ । जो जसले यो अभियानमा सहभागी बन्न इच्छु हुनहुन्छ जसले गरिब परिवारमा न्यानो कपडा वितरण गर्न चाहेको छ । हामी संग सहकार्य गर्न अनुरोध गर्दछु ।’ आफ्नो स्तर र क्षमता अनुसार ज्याकेट तथा आर्थिक सहयोग गर्न अध्यक्ष खाँनले आग्रह गरेका छन् । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार