कन्हैया बनियाले भाेजपुरी भाषामा सपथ लिने

मर्चवार न्यूज 367+ समाचार ( )
१० चैत्र २०८२, मङ्गलबार

मर्चवार । रुपन्देही क्षेत्र नम्बर ४ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य कन्हैया बनियाले संघीय संसदमा भोजपुरी भाषामार्फत पहिचानको सशक्त सन्देश दिने भएका छन्। उनले मातृभाषामै शपथ लिने निर्णयसँगै भाषिक विविधता र स्थानीय पहिचानलाई राष्ट्रिय मञ्चमा स्थापित गर्ने संकेत गरेका हुन्।

संविधानले दिएको अधिकार प्रयोग गर्दै बनियाले संसद सचिवालयमा भोजपुरी भाषामा शपथ लिने विवरण दर्ता गराइसकेका छन्। उनको यो कदम केवल औपचारिकता नभई मर्चवार क्षेत्रको सांस्कृतिक पहिचान र भाषिक गौरवलाई उजागर गर्ने प्रयासका रूपमा हेरिएको छ।

“भोजपुरी हाम्रो पहिचान हो, हाम्रो आत्मा हो,” उनले भने, “संसदमा यो भाषा प्रयोग गर्दा यहाँका जनताको आवाज पनि सँगै गुञ्जिनेछ।” उनले आगामी दिनमा विकाससँगै भाषा, संस्कृति र स्थानीय सरोकारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए।

यसअघि लुम्बिनी प्रदेश सभामा रहँदा पनि बनियाले मातृभाषामा शपथ लिएका थिए। त्यतिबेला पनि उनले भाषिक अधिकार र स्थानीय मुद्दामा सक्रिय भूमिका निर्वाह गरेका थिए।

उनको यो निर्णयले मर्चवार मात्र होइन, समग्र लुम्बिनी क्षेत्रमै उत्साह थपेको छ। स्थानीय सरोकारवालाहरूका अनुसार राज्यको उच्च तहमा मातृभाषाको प्रयोग हुनु संघीयताको मर्म अनुरूपको अभ्यास हो, जसले समावेशिता र पहिचानलाई बलियो बनाउँछ।

अब चैत १२ गते हुने शपथ समारोहमा संसद भवनभित्र भोजपुरीको गुञ्ज सुनिने पक्का भएको छ, जसले भाषिक विविधताको सम्मानलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार