जनकल्याण स्वावलम्बनबाट २३ लाख चोरी

हृदयराम गुप्ता 121+ समाचार ( )
३२ श्रावण २०८१, शुक्रबार

मर्चवार ३२ साउन÷श्री जनकल्याण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटबाट करीब २३ लाख रुपैया चोरी भएको छ । मर्चवारी गाउँपालिका वडा नं. ५ स्थित उक्त सहकारीबाट हिजो बिहिवार राती करीब १२ बजे चोरी भएको स्वावलम्बनका ब्यवस्थापक दिनेश मौर्यले जानकारी दिएका छन् ।

घटनाको जानकारी पछि स्वावलम्बनमा पुगि अनुसन्धान थालेको ईलाका प्रहरी कार्यालय मझगावाँका प्रहरी निरीक्षक हिमनाथ घिमिरेले जानकारी दिएका छन् । उनले भने ‘ स्वावलम्बनको सिसिटीभी क्यामरा हेर्दा राती करीब १२ बजे दुई जना माक्स र टोपी लगाएर स्वावलम्बनको ताला तोडेर भित्र प्रवेश गरेको देखिएको छ । तिनीहरु चोरी लगेको निश्चित रकम अहिले एकिन हुन सकेको छैन । यस घटनामा संलग्न ब्यक्तिहरुलाई छिट्टै कानूनको दायरामा ल्याउने छौँ ’ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Rakash ३२ श्रावण २०८१, शुक्रबार

Ghar

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार