जसपा नेपाल लुम्बिनी प्रदेशको कार्यवाहक अध्यक्षमा रामअवतार यादव

मर्चवार न्यूज 369+ समाचार ( )
२ कार्तिक २०८१, शुक्रबार

भैरहवा, १ कार्तिक । जनता समाजवादी पार्टी (जसपा), नेपाल लुम्बिनी प्रदेशको कार्यवाहक अध्यक्षको जिम्मेवारी रुपन्देहीका रामअवतार यादवले पाएका छन् । 

बिहीबार कपिलवस्तुको तौलिहवामा बसेको पार्टीको लुम्बिनी प्रदेश समितिको विस्तारित बैठकले यादवलाई प्रदेश कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको जसपा नेपालका पूर्व संघीय परिषद् सदस्य तथा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।

जसपा नेपालका उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इञ्चार्ज राजकिशोर यादवको प्रमुख आतिथ्यतामा बिहीबार प्रदेश समितिको विस्तारित बैठक भएको हो ।

कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएका रामअवतार यादव जसपा नेपाल लुम्बिनी प्रदेशको उपाध्यक्ष हुन् । जिम्मेवारी पाएपछि उनले पार्टीको विधि र विधानमा रही जनताको पक्षमा काम गर्ने बताए । उनले पार्टीलाई अझ मजबुत बनाउन निरन्तर लागिपर्ने बताए । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार