भैरहवाको सातौं लुम्बिनी महोत्सवमा आजदेखि कुस्ती प्रतियोगिता

मर्चवार न्यूज 367+ समाचार ( )
१५ मंगशिर २०८२, आइतबार

भैरहवा । रुपन्देहीको भैरहवा (अञ्चलपुर) मा जारी सातौं लुम्बिनी महोत्सव–२०८२ अन्तर्गत आजदेखि तीन दिने कुस्ती प्रतियोगिता सुरु भएको छ । चेम्बर अफ कमर्श, रुपन्देहीद्वारा आयोजित महोत्सवमा यस क्षेत्रको रैथाने खेलको संरक्षण तथा प्रवर्धनका लागि मंसिर १४ देखि १६ गतेसम्म कुस्ती प्रतियोगिता सञ्चालन गरिने वरिष्ठ उपाध्यक्ष राम मिलन यादवले जानकारी दिनुभयो ।

मंसिर ३ गतेदेखि सुरु भई २१ गतेसम्म चल्ने यस महोत्सवमा ३ सय वटा स्टलहरू रहेका छन् । महोत्सव मूल आयोजक समितिका संयोजक सचिन रोक्काका अनुसार, ‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवर्धन गरौं’ भन्ने मूल नाराका साथ आयोजित मेलाले उद्योगी र उपभोक्ताबीच पुलको काम गर्नेछ ।

यसपटकको महोत्सवको मुख्य आकर्षणको रूपमा नेपालमै पहिलोपटक भियतनामबाट ल्याइएको ‘जलपरी’ र फिसटनेल रहेको छ । करिब १ करोड खर्च हुने अनुमान गरिएको यस महोत्सवमा १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र करिब ५ करोड रुपैयाँ बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार