मर्चवार । रुपन्देहीको मर्चवारी गाउँपालिकामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । राष्ट्रिय शिक्षा दिवस तथा ९औँ संविधान दिवसको अवसरमा मर्चवारी गाउँपालिकाको आर्थिक सहयोग र जनता माध्यमिक विद्यालय ओडवलियाको आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
मर्चवारी गाउँपालिका भित्रका सामुदायिक विद्यालयबाट माध्यमिक विद्यालय स्तरीय भएको उक्त प्रतियोगितामा श्री ठर्की माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको मर्चवारी गाउँपालिका शिक्षा शाखा प्रमुख फेकन साहले बताए । सम्पन्न उक्त प्रतियोगितामा श्री जनता माध्यमिक विद्यालय ओडवलिया द्वितीय, श्री बगौली माध्यमिक बगौली तृतीय तथा अमवा माध्यमिक विद्यालय अमवा र श्री हरिनामपुर माध्यमिक विद्यालय हरिनामपुर सान्तोना स्थान हासिल गरेको शिक्षा शाखा प्रमुख साहले जानकारी दिएका छन् ।
प्रतियोगितामा विभिन्न स्थान हासिल गरेको बिजेताहरुलाई सम्मान साथै पुरस्कार वितराण गर्दै मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर विकास निर्माण कार्य गर्दै आएको बताए । गाउँपालिका अध्यक्ष बरईले शिक्षाको महत्व दर्शाउदै भौतिक निर्माणमा पछाडी परेको मर्चवार क्षेत्रबाट विभिन्न ब्यक्तिहरुले राम्रो शिक्षा लिएकै कारणले ठुलो ओहदा सम्मा पुगेको बताए । मर्चवारी गाउँपालिका भित्र रहेका विभिन्न विद्यालयलाई मर्चवार कै उत्कृष्ट बनाउन प्रयासरतमा रहेको बताउदै यहाँ अध्ययन गरेका विद्यार्थीहरु ठुलो पद सम्हाली आउने दिनमा समाजको नेतृत्व गर्न खालको बनाउनमा सबैले सहयोग गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा मर्चवारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराई, शिक्षा शाखा प्रमुख फेकन साह, श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक करुणेश त्रिपाठी लगायत विभिन्न प्रधानाध्यापक तथा शिक्षकले मनतब्य राखेका थिए । मर्चवारी गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्ष, विभिन्न विद्यालयका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, विद्यार्थी कर्मचारीहरुको उपस्थितीमा सम्पन्न उक्त प्रतियोगितालाई जनता माध्यमिक विद्यालयका शिक्षक रामसरन यादवले सञ्चालन गरेका थिए ।