१ करोडको लगानीमा मर्चवारमा ‘जयसवाल मैरेज हल’ सञ्चालनमा

मर्चवार न्यूज 367+ समाचार ( )
२९ फाल्गुन २०८२, शुक्रबार

मर्चवार । रुपन्देहीको मर्चवार क्षेत्रमा करिब १ करोड रुपैयाँको लगानीमा जयसवाल मैरेज हल सञ्चालनमा आएको छ। मर्चवारीमाई गाउँपालिका–५ ओडवालियामा निर्माण गरिएको उक्त हलको बिहीबार हालै निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय कन्हैया बनियाले उद्घाटन गर्नुभएको हो ।

मर्चवार क्षेत्रमा पहिलोपटक आधुनिक र सुविधासम्पन्न विवाह तथा कार्यक्रम हल सञ्चालनमा आएको हलका सञ्चालक सुनिल जयसवालले जानकारी दिनुभयो। यस हललाई विवाह, ब्रतबन्ध, पार्टी, सभा–समारोह, सामाजिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सकिने गरी व्यवस्थित रूपमा निर्माण गरिएको उहाँले बताउनुभयो ।


हलमा व्यवस्थित कोठा, सफा तथा आधुनिक शौचालय, बैठक (मिटिङ) हल, क्याटरिङ हल, पर्याप्त पार्किङ स्थललगायत आवश्यक पूर्वाधारको व्यवस्था गरिएको सञ्चालक जयसवालले जानकारी दिनुभयो। साथै शहरी क्षेत्रका हलहरूको तुलनामा कम शुल्कमा सेवा उपलब्ध गराउने लक्ष्य राखिएको उहाँको भनाइ छ ।

मर्चवार क्षेत्रमा यस्ता सुविधासम्पन्न हलको अभाव रहेको अवस्थामा यस हल सञ्चालनमा आएसँगै स्थानीय बासिन्दालाई विवाह तथा विभिन्न कार्यक्रम गर्न सहज हुने अपेक्षा गरिएको छ । उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, व्यवसायी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Chhotu Jaiswal २९ फाल्गुन २०८२, शुक्रबार

Very good 👍

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार