जवरजस्ती करणी आरोपमा ६ जना पक्राउ

मर्चवार न्यूज 367+ समाचार ( )
५ अशोज २०८१, शनिबार

भैरहवा । जबरजस्ती करणी आरोपमा ४ जना भारतीय नागरिक र २ जना नेपाली गरि ६ जनालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी मनोहर भट्टका अनुसार पक्राउ पर्नेमा भारत महाराजगञ्जका ३७ वर्षिय अफरोज समी, सोही ठाउका २७ वर्षिय सालु खान, ३१ वर्षिय अत्तर खाँन र गोरखपुरका २७ वर्षिय बब्लु खाँन रहेका छन । यस्तै उनिहरुसंगै रुपन्देही ओमसतिया गाउँपालिका वडा नम्बर ४ बस्ने ३२ वर्षिय साहरुख तेली र सोही ठाउको २५ वर्षिय अकबर खाँन रहेका छन् । 

आरोपितहरुले भैरहवा–१४ (परिवर्तित नाम) लाई यहि असोज ३ गते सिद्धार्थनगर नगर पालिका वडा नम्बर ३ मा रहेको होटल आरोमामा जबरजस्ती करणी गरेको आरोप छ । जबरजस्ती करणीको जाहेरी पिडित आफैले दिएको र जाहेरी दर्ता गरि अनुसन्धान प्रक्रिया अगाडी बढाएको डिएसपी भट्टले बताए । उनले आरोपितहरुलाई असोज ४ गते रुपन्देही जिल्ला अदालतमा पेश गरि थप अनुसन्धानको लागि ७ दिनको म्याद थप भएको जानकारी दिए । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार