कोटहीमाईमा मनाइयो धनवन्तरी दिवस

मर्चवार न्यूज 367+ समाचार ( )
१४ कार्तिक २०८१, बुधवार

मर्चवार १४ कार्तिक । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा धनवन्तरी दिवस मनाइएको छ । बुधबार मझगावाँ आयुर्वेद औषधालय कोटहीमाई ५ मा एक कार्यक्रम गरी उक्त दिवस मनाइएको हो ।

वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरिको उत्पत्ति भएको सम्झनामा हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन आयुर्वेद संस्थाहरू मार्फत यो दिवस मनाउने गरिएको छ । समुन्द्र मन्थन गर्दा भगवान धनवन्तरि अमृत, शंख, चक्र र जडीबुटीका साथ प्रकट हुनुभएको धार्मिक कथन छ ।

कार्यक्रमा बोल्दै कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले  आयुर्वेदिक औषधिले रोग ढिलो निको भए पनि दीर्घकालीन रूपमा फाइदा गर्ने गरेको बताए । एलोप्याथिक औषधीको असरबारे आमनागरिकमा जानकारी भएपछि बिरामीको आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै गएको अध्यक्ष त्रिपाठीले बताए  । 


मझागावाँ आयुर्वेद औषधालयबाट स्तनपान, आमा मातृ (शिशु स्वास्थ्य) कार्यक्रम, निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, ज्येष्ठ नागरिकको स्वास्थ्य प्रवर्द्धन कार्यक्रम, पञ्चकर्म, विद्यालय योग कार्यक्रम लगायत विभिन्न कार्यक्रम संचालन हुदै आएको कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गौडले बताए । 

कार्यक्रममा कोटहीमाई ५ का वडाध्यक्ष संजय कुमार सैनी, विभिन्न विद्यालयका प्रधानाध्यापक लगायतकाले मनतब्य राखेका थिए  । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै