स्थनाीयले बुझाए प्रहरीलाइ लुम्बिनी विकास कोषको गाडी

महेश गुप्ता 92+ समाचार ( )
२३ चैत्र २०८०, शुक्रबार

लुम्बिनी विकास कोषको सवारी साधनलाई स्थानीयले ट्राफिक प्रहरीलाई बुझाएका छन् । लुम्बिनी विकास कोषको कर्मचारी नभएको लुम्बिनी विकास कोषबाट गाडी  लु १ झ ६९६ नम्बर को गाडी साँझ ५:३५ बजे पर्सा चोकमा रोकि लुम्बिनी बचाउ सर्घष समितिका महा आभियानका अगुवाहरुले गाडी रोकेर  सोध पुछ गर्ने क्रममा कहाँ जानलागेको भनि कुनै प्रतिक्रिया नदिई गाडीको साँचो थुतेर आस्थाई ट्राफिक प्रहरी कार्यालय पर्सा बुझाएको थियो ।  कोषको गाडीमा चालक सहित दुई जना सवार रहेको गाडी कोषको कर्मचारी नरहेको र परिचय पत्र देखाउनु भन्दै केहि नदेखाई गाडीवाट झरेर भागेको थियो । गाडीहरु लुम्बिनी विकास कोषबाट कसरी निर्वाधरुपमा गाडी लिएर बाहिर  आउने गर्दछन् ति चालकको हुन कसले गाडीलिएर जान अनुमति दिएको भनि यसको बारेमा कोषका सदस्य सचिव सानुराज शाक्य संग सोधपुछ गर्दा म सोधेर बताउछु भनेपनि हाम्रो स्टप चलाएको होला भनि जानकारी दिए । 

कोषको गाडी चरम दुरुपायोग भएको भन्दै स्थानीय संस्थाहरु कोषका गाडीहरु नियन्त्रणमा लिना थालिएको लुम्बिनी सर्घष समितिका महा आभियानका संयोजक अक्रमुद्दीन मुसलमान, रामविलास चौधरी, मेघनाथ अर्चाय लागय मनिसहरु कोषको गाडी अनियमित तरिकाले दुरुपायोग गरिरहेकोले लु १ झ ६९६ नम्बरको गाडी नियन्त्रणमा लिई कार्वाहीका लागि  लुम्बिनी इलाका प्रहरी कार्यालयमा बुझाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै