मर्चवार ३०, साउन । कोटहीमाई–५ मझगावाँ, रुपन्देहीमा मंगलबार राती आगलागी भएको छ । घटनामा साढे चार लाख बराबरको धनमाल क्षति भएको छ । यो केवल संयोग थियो या योजनाबद्ध षणयन्त्रको प्रतिफल भन्ने गम्भीर प्रश्न उब्जाएको छ ।
टीनको टहहरामा नास्ता पसल सञ्चालन गर्दै आएकी सनिचरी यादवका अनुसार, आगो स्वतः लागेको होइन । उनले यो प्रकरणलाई प्रत्यक्ष योजनाबद्ध आगजनी बताउदै कोटहीमाई–५ का पूर्ववडाध्यक्ष हनुमान यादव बिरुद्ध उजुरी दिएकी छन ।
केही वर्षदेखि उनीबाट निरन्तर धाक–धम्की र मानसिक यातना सहँदै आएकी सनिचरीले बताइन । “मंगलबार राती करिब ९ बजे पसल बन्द गरी डेरा फर्किँदै गर्दा बाटोमा भेटेका आरोपीले जलाईदिन्छु भनेर धम्की दिए,” उनले भनिन, “केही मिनेटमै पसल जलिरहेको खबर पाएँ र म बेहोसझैँ भएँ ।”
इलाका प्रहरी कार्यालय मझगावाँका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार, घटनामा लत्ताकपडा, खाद्यान्न, फर्निचर, भाँडावर्तन, नगद र गहना समेत करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । “घटनाको खबर पाउनेबित्तिकै प्रहरी पुगेको थियो र आगो नियन्त्रणमा लिएको थियो । विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको छ,” प्रहरी निरिक्षक बस्यालले बताए ।
घटना आरोपी एवं पूर्ववडाध्यक्ष यादवले भने आफू निर्दोष रहेको दाबी गर्दै यो आरोपलाई ‘राजनीतिक र व्यक्तिगत प्रतिशोधको परिणाम’ भनेका छन । “मैले अरूको घर बनाइदिने मान्छे हुँ, कसैको घर जलाउँछु ? घटना भएको बेला म आफन्तीकहाँ निम्तो खाएर घर फर्केको थिएँ,” उनले भने ।
कोटहीमाई–५ का वडाध्यक्ष संजय कुमार सैनीले पनि घटनालाई संयोग मात्र भन्न कठिन भएको टिप्पणी गरे । “विद्युतीय सर्टसर्किट वा अन्य कारणबाट आगो लागेको भए, जस्तापाताको घरमा तत्काल चौतर्फी रुपमा आगोको ठूलो मुस्लो देखिँदैनथ्यो । ग्यास चुल्हो बन्द अवस्थामा थियो र आगोको कुनै चुल्हो पनि बालिएको थिएन,” उनले भने । सैनीका अनुसार, घटनाको सत्य पत्ता लगाउन स्वतन्त्र र निष्पक्ष छानबिन आवश्यक छ, ताकि दोषी उम्किन नपाओस् र निर्दोष फस्ने अवस्था नआओस् ।
स्थानीयवासीको आशंका, सामाजिक संजाल फेसबुकभरीको प्रश्न, पीडितको प्रत्यक्ष आरोप, आरोपीको इन्कार र वडाध्यक्षको संकास्पद टिप्पणीले यो प्रकरणलाई सामान्य आगलागी भन्दाबढी रहस्यमय बनाएको छ । अब प्रहरीको अनुसन्धानले मात्र त्यसमा सत्यको उकालो वा ओरालो देखाउनेछ ।
सत्य तथ्य के हो धटना भएकै हो कसले गर्यो कसले गरायो आगलागि भएको अनुशन्धान गरी दोषीलाई कडा भन्दा कडा कारबाही होस
Yo jalsaji ho rajnijti ko lagi kutniti gariyeko chha yas ko chhanbin ramro sang garnu prayo