मर्चवार । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा बिहीबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सम्मरीमाई गाउँपालिकाको आयोजना, नेपाल रेडक्रस सोसाइटी सम्मरीमाई उपशाखाको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राविधिक सहयोगमा फरेनास्थित सम्मरीमाई गाउँ कार्यपालिकाको कार्यालय परिसरमा कार्यक्रम भएको हो ।
युवा, जनप्रतिनिधि, कर्मचारी, समाजसेवी लगायतका गरेको रक्तदान कार्यक्रममा ४३ यूनिट रगत संकलन भएको सम्मरीमाई गाउँपालका स्वास्थ्य शाखा प्रमुख मुन्सी प्रसाद माझीले जानकारी दिएका छन् ।
कार्यक्रममा बोल्दै सम्मरीमाई गाउँपालिका अध्यक्ष बिनोद कुमार श्रीवास्तवले समाजको रहेक क्षेत्र विकासमा युवाको सोच अग्रसर रहेकै ठाउँमा रगतको अभावले हुने मृत्युलाई न्यूनिकरण गर्न पनि युवाहरु अग्रताले खुसी लागेको बताए । रक्तदान गर्ने सबै धन्यवाद दिदै समाजको असल जीम्मेवारी निभाउन तथा रगतको अभावले मृत्यु हुने समाजलाई जोगाउन रक्तदान कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरेका थिए ।
सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोद कुमार श्रीवास्तवको अध्यक्षता, वडा नम्बर ४ का वडाअध्यक्ष दिवाकर दुवे, रेडक्रस रुपन्देही जिल्ला सदस्य तथा सम्मरीमाई उपशाखाका सभापति केशव कुमार उपाध्याय लगायतको आतिथ्यता रक्तादन कार्यक्रम सम्पन्न भएको हो ।
तथा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख मुन्सी प्रसाद माझीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
‘रगत अभावमा कसैलाई ज्यान गुमाउन नदिने संकल्प गरौं’ भन्ने मूल नाराका साथ कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएका छन् ।