भोलीदेखि कोटहीमाईमा दादुरा रुबेला खोप लगाइने

महेश गुप्ता 92+ समाचार ( )
१९ फाल्गुन २०८०, शनिबार

मर्चवार १८ फागुन÷रुपन्देहीको कोटहीमाई गाउँपालिकामा भोलीदेखि दादुरा रुबेला खोप संचालन हुने भएको छ । शुक्रबार गाउँपालिकामा सम्पन्न खोप समन्वय समिति तथा संचारकर्मी अभिमुखिकरण कार्यक्रम बोल्दै कोटहीमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख घनलाल आर्यालले भोली फागनु २० गते २४ गते खोप शिविर संचालन हुने बताएका छन् ।

विद्यालय जाने बाल कक्षा देखि १० कक्षा सम्माका विद्यार्थी तथा विद्यालय नजाने ९ महिनादेखि १५ वर्ष सम्म बालबालिकाहरुलाई खोप लगाउने उनले बताए । कोटहीमाई गाउँपालिका भित्रको सामुदायिक विद्यालय, निजि विद्यालय तथा मदरसाहरु गरी ६० वटा खोप केन्द्रबाट खोप लगाइने उनले बताए । 

कार्यक्रमा बोल्दै कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले खोप अभियान कार्यक्रमलाई प्रभावकारी बनाउन जनप्रतिनिधि, कर्मचारी, संचारकर्मी, शिक्षक, अभिभावक लगायत सबैले सहयोग गर्न आग्रह गरे । उनले भने ‘तपाईको टोलमा रहेका हरेक बालबालिकाहरुको निगरानी गर्नु त कि कोही छुटन नापाओस् । विद्यालय जाने हरेक बालबालिका तथा विद्यालय नजाने बालबालिका सबैलाई खोप केन्द्र सम्म पु¥याउन स्वस्थ्य स्वयंसेविका तथा अभिभावकहरुलाई आग्रह गर्दछु ।’ खोप संग स्वास्थ्यको अन्य सेवाहरु पनि प्रभावकारी बनाउन सबै स्वास्थ्य कर्मचारीहरुलाई आग्रह गरेका थिए ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले विद्यालयमा अध्ययन गर्ने विद्यार्थी देखि इट्टा कारखाना, विभिन्न पसल, उद्योग, खेतमा काम गर्ने समेत कोही बालबालिका नछुटने गरी कार्यक्रम संचालन गर्न अनुरोध गरेका थिए । बाटोमा हिडने क्रममा कुनै पनि बालबालिकालाई सोधपुछ गर्दा खोप नलागाएको कोही नभेटिनेगरी खोप शिविर संचालन गर्न ब्यापक प्रचार प्रसार गर्न स्थानीय तहलाई आग्रह गरेका थिए । खोपबारे भ्रमक कुरा समाजमा नलैजान तथा भ्रमक कुरालाई यार्थतमा परिणत गर्न पनि सबै सरोकारवालाहरुलाई आग्रह गरेका थिए । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार