कोटहीमाई पुग्यो फाइनलमा

महेश गुप्ता 92+ समाचार ( )
१६ फाल्गुन २०८०, बुधवार

मर्चवार १६ फागुन÷कोटहीमाई गाउँपालिकाले सेमीफाइनल जितेर फाइनलमा पुगेको छ । शुद्धोधन गाउँपालिकामा भइरहेको अन्रपालिका कर्मचारी बिच क्रिकेट प्रतियोगितामा आज भएको खेलमा मर्चवारी गाउँपालिकालाई पराजित गर्दै कोटहीमाई फाइनलमा पुगेको खेल संयोजक मुकेश कुँवरले जानकारी दिएका छन् ।

आज भएको खेलमा मर्चवारी गाउँपालिकाले टास जितेर फिल्डिङ्ग रोजेको थियो । शुरुमा कोटहीमाई गाउँपालिकाले ब्याटिङ्ग गरी १६ ओभरमा ८ बिकेट गुमाइ मर्चवारी गाउँपालिकालाई १ सय ३२ रनको लक्ष्य दिएको थियो । मर्चवारी गाउँपालिकाले उक्त लक्ष्यलाई पच्छयाउदै १३ ओभर ३ बलमा आल आउट भई ५३ रन मात्र बनाउ सकेको खेल संयोजक कुँवरले जानकारी दिएका छन् । बिजयी भएको कोटहीमाईका खेलाडी रिजवान खाँनले ३० रन बनाई र १ बिकेट लिएर मैन अफ द मैचबाट सम्मानित भएका थिए । 

भोली हुने फाइनल क्रिकेट प्रतियोगितामा ओमसतिया गाउँपालिका र कोटहीमाई गाउँपालिका बिच प्रतिस्पर्धा हुने खेल संयोजक कुँवरले जानकारी दिएका छन् । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै