राकेश लोधको मृत्यु : दाईले गोली हानी हत्या गरेको स्थानीयको आरोप

मर्चवार न्यूज 367+ समाचार ( )
१७ फाल्गुन २०८१, शनिबार

मर्चवार । रुपन्देहीको मायादेवि गाउँपालिका २ मा एकजना युवक रगताम्य अबस्थामा मृत फेला परेका छन् ।

मायादेवि २ डञ्चहवाका २९ बर्षिय राकेश सिंह लोध रगताम्य अबस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एस.पी रंजितसिंह राठौरले जानकारी दिनुभयो । 

मृतक लोधको टोउकोमा गंभिर चोट रहेको एसपी राठौरको भनाई छ । प्रहरीले लोधको हत्या भएको हुने सक्ने जनाएको छ । प्रहरीका अनुसार लोधको आफ्नो दाईसंग अंशबण्डा लफडा रहेको थियो । स्थानियले भने लोधलाई गोलि हानेर हत्या गरेको जनाएका छन् । 

२९ बर्षिय अविवाहित लोध घरमा एक्लै बस्दै आएका थिए । उनका बुबा आमा तथा दाजु भाई अन्यत्रै बस्दै आएका छन् । प्रहरीले घटनाको प्रारम्भीक अनुसन्धान शुरु गरेको जनाएको छ । प्रहरीका अनुसार घटना बिहान साढे ७ बजेतिरको हो ।

प्रहरीले बिहान ८ जानकारी पाएपछि घटनास्थल पुगेको जनाएको छ । प्रहरीले रगताम्य अबस्थामा लोधको शव फेला पारेको थियो । 

दाजुभाई वीच अंश मुद्धामा लफडा चलेपछि उनीहरु वीच अंश विवादमा अदालतमा मुद्धा समेत चलेको पारिवारिक श्रोतले जनाएको छ । 

घटना पश्चात लोधका दाजु फरार रहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान र दाजुको खोजी एकसाथ जारी राखेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार