मर्चवारको विभिन्न सडक डुबानमा, सतर्कता अपनाउन आग्रह

हृदयराम गुप्ता 121+ समाचार ( )
१२ अशोज २०८१, शनिबार

मर्चवार १२ असोज । रुपन्देहीको मर्चवार क्षेत्रका विभिन्न सडकहरु डुबानमा परेका छन् । बिहिवारदेखि सुरु भएको वर्षाले रुपन्देहीको तटिय क्षेत्रमा पानीको बहाव उच्च रहेकोले सावधानी अपनाउन बिपद् ब्यवस्थापन समिति रुपन्देहीका संयोजक जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आग्रह गरेका छन् ।

अहिले भइरहेको मण्डलीय वर्षाले नेपालको विभिन्न जिल्ला सहित रुपन्देही पनि जोखिममा रहेको हुँदा विभिन्न ठाउँमा उद्दार टोली तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । 

रुपन्देहीको मुख्य नदी तिनाउ र दावन नदीको संगम स्थल कोटहीमाई ५ दुईमोहान भन्दा तल्लो क्षेत्र लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. २, सम्मरीमाई वडा नंं. ७, ५ र ३ क्षेत्रमा पानीको चाप उच्च रहेको छ । लुम्बिनी संस्कृतिक नगरपालिका वडा नं. २ भरथापुरको सडकमा डेढ फिट, सम्मरीमाई ५ चक्कीय र थुम्हवामा मुल सडकमै ३ फिट सम्मा पानी रहेको छ । 

सडक डुबानमा परेको क्षेत्रमा आवतजावत गर्नेहरु बैकल्पिक बाटो प्रयोग गर्न सम्मरीमाई गाउँपालिका बिपद् ब्यवस्थापन समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष बिनोद कुमार श्रीवास्तवले आग्रह गरेका छन् । उनले भने ‘अहिले अधिक वर्षाले विभिन्न तटिय क्षेत्र संगै सम्मरीमाई गाउँपालिका भित्रका क्षेत्र पनि ढुबानको सम्भावना उच्च रहेकोले सतर्कता अपनाउन अति जरुरी छ । गाउँपालिकाको बिपद् ब्यवस्थापन समितिले विभिन्न निकायसंग समन्वय गरी उद्दार टीम खटाएको छ तैपनि आफ्नो छरछिमेकमा बिपद् आइपरेमा सबैले सहयोगमा जुटनुहोला ।’

सम्मरीमाई ५ रोइनिहवा देखि थुम्हवा जाने सडकखण्ड, रोइनिहवा देखि फरेना जाने सडक खण्डमा आवतजावतमा जोखिम देखिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार