चट्याङ लागेर मर्चवारमा एक महिलाको मृत्यु

मर्चवार न्यूज 367+ समाचार ( )
९ आश्विन २०८२, सोमबार

मर्चवार । रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं. ३ महराजगंजकी ४५ वर्षीय प्रमिला यादवको मृत्यु भएको छ । आज सोमबार बिहान करीब ७ बजे खेतमा काम गर्न जाने क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ । 

घरदेखि १०० मिटर पुर्व उनलाई चट्याङ लागेपछि उनलाई उपचारका लागि भिम अस्पताल भैरहवा लगिएको र अस्पतालले मृत्यु घोषणा गरेको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक घनदेव साउदले बताए । 

शवलाई पोष्टमार्टम गरी अन्तिम संस्कारका लागि उनको परिवारको जिम्मा लगाइएको उनले जानकारी दिएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार