मर्चवार । भारतको नयाँदिल्लीस्थित लाल किल्ला मेट्रो स्टेशननजिक कारमा भएको विस्फोटमा परी १० जनाको मृत्यु भएको छ । विस्फोट भएको कारको छेउमा रहेका २० भन्दा बढी घाइते भएको भारतीय संचारमाध्यमले जनाएको छ ।
दिल्लीको लालकिला अगाडीको मेट्रो स्टेशननजिक रोकिराखेको एक कारभित्र विस्फोट भएको हो । हालसम्म विस्फोटको मुख्य कारण खुल्नसकेको छैन ।
भारतीय संचारमाध्यमका अनुसार साँझ ६ बजेर ५५ मिनेटमा विस्फोटको थियो ।
कारमा भयानक विस्फोटपछि आसपास रहेका अन्य केही गाडीमा आगो लागेको छ । घटनापछि सुरक्षाकर्मीले घटनास्थललाई सिल गर्दै अनुसन्धान अगाडि बढाएका छन् । घटनामा परी घाइतेहरुको उपचार भइरहेको एलएनजेजी अस्पतालमा भारतीय गृहमन्त्री अमित शाह पुगेका छन् । घाइतेहरुको इस्थिती अवस्था बुझन उनी अस्पताल पुगेका हुन् ।