विद्यार्थीहरूलाई उपेक्षित उष्णप्रदेशीय रोगबारे प्रशिक्षण

मर्चवार न्यूज 367+ समाचार ( )
१५ पौष २०८२, मङ्गलबार

मर्चवार । रुपन्देहीको कोटहीमाई गाउँपालिकाद्वारा विद्यार्थीहरूलाई उपेक्षित उष्णप्रदेशीय रोगबारे प्रशिक्षण प्रदान गरिएको छ । गाउँपालिकाको आयोजनामा आइतबार मर्चवार आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई उक्त प्रशिक्षण दिइएको कार्यक्रम संयोजक कविता पाण्डेयले जानकारी दिनुभएको छ ।

कार्यक्रमका प्रशिक्षक दिक्षित भुसाल पाण्डेयले उपेक्षित उष्णप्रदेशीय रोगअन्तर्गत पर्ने विभिन्न ११ वटा रोगबारे २ सयभन्दा बढी विद्यार्थी तथा शिक्षकहरूलाई प्रशिक्षण दिनुभएको थियो ।


कार्यक्रममा बोल्दै कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय मिश्रले उपेक्षित उष्णप्रदेशीय रोगहरू हाम्रो समाजमा देखिने तर पर्याप्त ध्यान नपाएका गम्भीर स्वास्थ्य समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यी रोगहरू प्रायः गरिब, सीमान्तकृत तथा ग्रामीण समुदायमा बढी देखिने भएकाले समयमै पहिचान, उपचार र जनचेतना अत्यन्त आवश्यक छ । स्थानीय तहले यस्ता रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवालाको तालिम र समुदायस्तरमा सचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । सबै पक्षको सहकार्यबाट मात्र यस्ता रोगहरू न्यूनीकरण गर्न सकिन्छ भन्नेमा हामी दृढ छौँ,” प्रशासकीय अधिकृत मिश्रले भन्नुभयो ।

कार्यक्रममा कोटहीमाई गाउँपालिका शिक्षा शाखा प्रमुख अमृता बुढाथोकी, सामाजिक विकास शाखा प्रमुख अजय सिंह क्षेत्री, विद्यालयका प्रधानाध्यापक धनञ्जय त्रिपाठी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार