महेश गुप्ता
भैरहवा, १० मंसिर ।चेम्बर अफ कमर्श, रुपन्देही ९उद्योग व्यापार संगठन, रुपन्देही० को आयोजनामा भैरहवामा सञ्चालन भइरहेको छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० ९उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन० मा दर्शकको घुइँचो बढेको छ । शनिबार मात्रै ९एकैदिन० १५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको उद्योग व्यापार संगठन रुपन्देहीका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका गेट, टिकट तथा परिचयपत्र व्यवस्थान उपसमितिका संयोजक सचिन रोक्काले जानकारी दिए । उनले दर्शकहरुको उपस्थिति अझ बढ्दै जाने विश्वास व्यक्त गरे ।
सिद्धार्थनगर–८ स्थित अञ्चलपुरमा सञ्चालित महोत्वसमा प्रत्येक दिन विभिन्न कलाकारको प्रस्तुति भइरहेको उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक दर्पण श्रेष्ठले बताए । अर्थतन्त्रलाई चलायमान गराउने मुख्य उद्देश्यले सुरु गरिएको महोत्सवमा स्थानीय कृषि उपजका सामान, कृषि उपकरण, स्थानीय उत्पादन, विभिन्न हस्तकलाका सामग्री, स्थानीय परिकार, लत्ताकपडा, वित्तीय संस्था, होटेल तथा रेस्टुरेण्ट, जडीबुटी, सवारीसाधन लगायत सामग्री राखिएका स्टलहरु रहेको उनले बताए ।
महोत्सवमा शनिबार र सार्वजनिक विदाबाहेकका दिन बिहान ९ बजेदेखि ११ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था रहेको संगठनकी महासचिव लक्ष्मी अधिकारीले बताइन् । अन्य समयमा रु। ८०, विद्यार्थीका लागि रु। ५०, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरुका लागि परिचयपत्रको आधारमा निःशुल्क प्रवेश, विद्यार्थीहरुलाई समूहमा प्रवेश रु। ३० तोकिएको आयोजकले जनाएका छन् ।
‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवद्र्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने नाराका साथ महोत्सव मंसिर १८ गतेसम्म सञ्चालन हुने प्रचारप्रसार उपसमितिका संयोजक तथा संगठनका सचिव कृष्ण प्रसाद पाण्डेले बताए ।
महोत्सवको सह–आयोजकमा सिद्धार्थनगर नगरपालिका, कृषि तथा भूमिव्यवस्था मन्त्रालय लुम्बिनी प्रदेश, प्रवद्र्धकमा पर्यटन परिषद, लुम्बिनी प्रदेश, लुम्बिनी साँस्कृतिक नगरपालिका, मर्चवारी, सियारी, शुद्धोधन, कञ्चन, रोहिणी, ओमसतिया, कोटहीमार्य र सम्मरीमाई गाउँपालिका, रुपन्देही रहेका छन् ।
त्यस्तै महोत्सवको मुख्य प्रायोजकमा होटल मौर्य, सह–प्रायोजकमा रिया एण्ड रक्षा फुड प्रोडक्ट, माया तेल, एसआर स्टील, नेट पार्टनरमा फाइबर नेट, टिकट प्रायोजकमा एनजी मार्केट मणिग्राम, आधिकारिक बैंकमा प्रभु बैंक, पर्यटन पार्टनरमा बोधी रेडसन होटल, मुख्य गेट प्रायोजकमा माउण्ट एभरेष्ट कत्था मिल्स प्रा।लि। र मिडिया पार्टनरमा लुम्बिनी प्रेस क्लब, रुपन्देही रहेको छ ।
छैठौं लुम्बिनी प्रादेशिक महोत्सवमा एकैदिन १५ हजार दर्शक
१० मंगशिर २०८०, आइतबार