अन्जना चौहान
लुम्बिनी । नेपाल लुम्बिनी संस्कृतिक नगरपालिकाले एनएसपीएलको पहिलो विजेता लुम्बिनी राइडर्स टिम लाई रु २ लाख राशीको नगद पुरस्कार द्वारा सम्मान गरेका छ । नेपालमा पहिलोपटक आयोजना गरिएको Nepal Street Premier League (NSPL) को पहिलो संस्करणमा विजयी भई ऐतिहासिक सफलता हासिल गर्न सफल लुम्बिनी राइडर्सका सम्पूर्ण टिमलाई लुम्बिनी साँस्कृतिक नगरपालिकाले हार्दिक बधाई तथा शुभकामना प्रकट गरेकाे हाे ।
यस विजयले लुम्बिनी प्रदेशको गौरव अभिवृद्धि एतिहास रचेको छ सम्पूर्ण नेपाली खेलकुद क्षेत्रलाई नयाँ प्रेरणा र उत्साह प्रदान गरेको छ । नगरपालिकाले टिमको अनुशासन, एकता, मेहनत र उत्कृष्ट प्रदर्शनप्रति उच्च सम्मान व्यक्त गर्दै आगामी दिनहरूमा पनि खेलकुदको विकास, प्रगति र राष्ट्रिय गौरव अभिवृद्धिमा अझ उल्लेखनीय योगदान पुगोस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गरेको छ ।
गौतम बुद्धको जन्मभूमि लुम्बिनीको ऐतिहासिक पत्रित स्थलबाट प्रेरित लुम्बिनी राइडर्स टिमले नेपालको पहिलो पटक आयोजना हुन लागेको नेपाल सुपर प्रिमियर लिग (एनएसपीएल) मा सहभागिता जनाएको थियो। यो टिम लुम्बिनी प्रदेशको तर्फबाट प्रतिस्पर्धा गर्नेछ। कार्तिक १५ गतेदेखि काठमाडौंमा सुरु हुने यो रोमाञ्चक लिगमा लुम्बिनी राइडर्सले आफ्नो यात्रा सुरु कार्यक्रमको मुख्य आकर्षण बनेको थियो – टिमका लागि अहमद हुसैनलाई कप्तान घोषणा। अहमद हुसैन, जो नेपाली क्रिकेटका अनुभवी खेलाडी हुन्, लुम्बिनी राइडर्सको नेतृत्व गर्ने जिम्मेवारी पाएका थिए .एनएसपीएल नेपालको क्रिकेट इतिहासमा एक महत्वपूर्ण कोसेढोङ्गा हो। यो लिगमा विभिन्न प्रदेशका टिमहरूबीच कडा प्रतिस्पर्धा हुनेछ। लुम्बिनी राइडर्सले टिममा अनुभवी नेपाली खेलाडीहरूका साथै अन्तर्राष्ट्रिय स्तरका प्रतिभाहरू पनि समावेश थिए जसले टिमलाई थप बलियो बनाएको थियो ।
लुम्बिनी सास्कृतिक नगरपालिका युवा समासेवी संघसंस्था वडा अध्यक्ष नगरवासी सम्पूर्ण जनाहरुले सम्मान गनु भएको थियो ।