मर्चवार ५ फागुन । सम्मरीमाई गाउँपालिका वडा नं. ३ मा विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ । वडा भित्र सामुदायिक तथा मदरसाहरुमा अध्ययनरत करीब १ हजार ३ सय विद्यार्थीहरुलाई विद्यालय अनुसारको पोशाक वितरण गरिएको वडाध्यक्ष अदहम अली देवानले बताए ।
विद्यालयमा आउने सबै विद्यार्थीहरुको घरायसी आर्थिक अवस्था एकनासको नहुँदा र विद्यालयमा सबैले पोशाकमा नआउँदा वडा स्तरबाट बजेट बिनियोजन गरी पोशाक वितरण गरिएको वडाध्यक्ष देवानले बताए । उनले भने ‘विद्यार्थीहरुको लागि अनुशासनले गुणस्तीय शिक्षा हासिलमा सहयोग गर्दछ र पोशाकमा विद्यालय आउनु पनि एक अनुशासन रहेकोले सबै विद्यार्थीहरुमा अनुसान सहित एकरुपता देख्नको लागि सबै विद्यार्थीहरुलाई उक्त पोशाक वितरण गरिएको छ । ’
अहिले बाँकी रहेका करीब ४ सय विद्यार्थीहरुलाई समेत पोशाक विारण गरिने वडाध्यक्ष देवानले जानकारी दिएका छन् । आज सोमबार एक कार्यक्रमका बिच उक्त वडा भित्र रहेको विभिन्न विद्यालयमा सम्मरीमाई गाउँपालिका अध्यक्ष बिनोद कुमार श्रीवास्तवले पोशाक वितरण गरेका हुन् ।