मर्चवार २५ चैत÷मर्चवार निजि अंग्रेजी विद्यालय संघ रुपन्देही अन्तरर्गतका १९ वटा विद्यालयका शिक्षकहरुलाई शिक्षण तालिम प्रदान गरिएको छ । आइतबार कोटहीमाई ६ मर्चवारीदेवी धर्मशालामा आउने शैक्षिक सत्र २०८१ को पठनपाठनलाई गुणस्तीय बनाउनको लागि ५० जना शिक्षकहरुलाई तालिम दिइएको संघका अध्यक्ष जितेन्द्र कुमार सिंहले बताए ।
वि.सं. २०६५ सालमा स्थापना भएको उक्त संघले शिक्षा क्षेत्रलाई गुणस्तरीय तथा मर्चवार क्षेत्रमा शिक्षाको स्तर बढाउनमा विभिन्न कार्यहरु गर्दै आएको संघका अध्यक्ष सिंहले जानकारी दिएका छन् । प्रशिक्षकले दिएको तालिम लिएर ब्यवहारिक रुपले प्रयोग गर्न सहभागीलाई अनुरोध गरेका थिए । उनले भने ‘राम्रो शिक्षा पाउनको आशामा अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई निजि विद्यालयमा सुम्पेका हुन्छन् यदि हामीले गुणस्तरीय शिक्षा दिन सकेनौ भने निजि विद्यालयमाथि विश्वास घटनुको साथै समाजको शैक्षिक स्तर पनि घटन जान्छ ।’
विद्यार्थीहरुले बुझने विभिन्न शैली, भाषा, सामाग्री, बोलीको शैली तथा विभिन्न ब्यवसाहरबारे इसीडी विज्ञ सरस्वती ढुंगानाले प्रशिक्षण गरेकी थिइन् । विभिन्न पुस्तक समेत लेखेकी प्रशिक्षक ढुंगानाले पहिलो दिन आउने बालबालिकाहरुलाई दिइने शिक्षा, विद्यार्थीमा चित्रकला विकास, लेख्ने शैलीको विकास, बोल्ने शैलीको विकास, असल ब्यवहार, अतिरिक्त क्लाप गराउने शैली तथा स्तर अनुसारको कृयाकलापबारे प्रशिक्षण गरेकी थिइन् ।
संघका अध्यक्ष सिंहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई संघका सचिव सुखराम यादवले संचालन गरेका थिए ।