शनीबार मर्चवार आदर्शमा स्वास्थ्य शिविर

मर्चवार न्यूज 367+ समाचार ( )
२५ पौष २०८१, बिहीबार

मर्चवार । मर्चवार आदर्श माध्यमिक विद्यालयमा स्वास्थ्य शिविर हुनेभएको छ । पुस २७ गते शनीबार सिद्धार्थ लाइफ केयर एण्ड डाइग्नोष्टिक सेन्टर भैरहवाको आयोजना तथा कोटहीमाई सिकाई केन्द्र कोटहीमाई ५ को समन्वयमा विभिन्न रोगको चेकजाँच तथा उपचारको निःशुल्क शिविर संचालन हुने सिद्धार्थ लाइफ केयरका संचालक उमेश यादवले बताए ।

शिविरमा महिला रोगको चेकजाँच, बच्चा रोगको चेकजाँच, अन्य विभिन्न रोगको चेकजाँच सहित ब्लड प्रेसर, सुगर जाँच निःशुल्क हुने संचालक यादवले जानकारी दिएका छन् । अन्य परीक्षणमा ल्यब शुल्कमा ५० प्रतिशत छुटका साथै आवश्यक सबै औषधी निःशुल्क वितरण हुने उनले जानकारी दिएका छन् । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार