गहुँजोन संचालक समिती संयोजकमा जगरनाथ प्रसाद कुर्मी

महेश गुप्ता 92+ समाचार ( )
४ श्रावण २०८१, शुक्रबार

मर्चवार, ४ साउन/ गुहँजोन संचालक समिति, रूपन्देही पुर्नगठन भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीरकण परियोजना कार्यन्यवन इकाई रुपन्देहीको आयोजनामा बिहिवार सो समिती पुर्नगठन भएको हो । 

जगरनाथ प्रसाद कुर्मीको संयोजकत्वमा पुर्नगठित संचालक समितीको सदस्यमा अवधेश बरई, परमशीला मुराव, अनिता पाल, दुर्गा प्रसाद कुर्मी, रामनरेश मुराव, कृष्णा चौधरी, शिव नरायण यादव र रुखमिणी पाल रहेको प्रधानमन्त्री कृषि आधुनिकीरकण परियोजना कार्यन्यवन इकाई रुपन्देहीका प्रमुख नारायण काफ्लेले जनाएका छन् । 


परियोजना ईकाइले मर्चवारको कोटहीमाई गाउँपालिका अन्तर्गतका वडा नं। ४, ५ ६ र ७, मर्चवारी गाउँपालिकाको वडा नं। ४,५ र ६ का साथै सम्मरीमाई गाउँपालिका वडा नं। ४, ५ ६ र ७ क्षेत्रका किसानलाई समेटेर गहुँजोन निर्माण गरी कार्य गर्दै आएको काफ्लेले बताए । 

गुहँजोन संचालक समितिले गहुँजोन क्षेत्रका किसानलाइ बढावा दिन विभिन्न किसिमका अनुदान दिनुका साथै कृषि क्षेत्रलाई अनुनिकीकरण गर्न कृषि यन्त्रसंग जोडने कार्यक्रम संचालन गर्दै आएकोमा आगामी दिनमा पनि त्यसलाइ निरन्तरता दिने समितिका संयोजक जगरनाथ प्रसाद कुर्मीले बताए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार