ज्येष्ठ तथा विपन्न नागरिकलाई कम्बल

महेश गुप्ता 92+ समाचार ( )
१५ माघ २०८०, सोमबार

मर्चवार १५ माघ÷रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं. ४ मा ज्येष्ठ नागरिक तथा बिपन्न परिवारलाई कम्बल गरिएको छ । वडा कार्यालयको अयोजनामा वडा क्षेत्रका २ सय ६० जेष्ठ नागरिक तथा विपन्न ब्यक्तिहरुलाई सम्मान गरी कम्बल वितरण गरिएको वडाध्यक्ष ओम प्रकाश चौधरीले बताए । 

सोमबार एक कार्यक्रमका बिच मर्चवारी गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरई, उपाध्यक्ष आशा सिंह, प्रमुख प्रशासकीय अधिकृत झबिलाल भट्टराई, वडा अध्यक्ष ओम प्रकाश चौधरीले उनिहरुलाई सम्मान गरेका हुन् । 

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले सबैलाई दान दिन प्रेरित गरे । ‘आफुले कमाएको अंशबाट केही भाग दान दिनुपर्छ यसले पूण्यको भागी भईन्छ, अशक्त, अपाङ्ग एवम जेष्ठ नागरिकलाई सम्मान गर्नु भनेको महापूण्यको काम हो ।’ अध्यक्ष बरईले भने । मर्चवारी गाउँपालिका यस्ता सामाजिक काममा अगाडी बढेको अध्यक्ष बरईले भने । जाडोलाई मध्यनजर गरि बिभिन्न वडाहरुमा यस्ता कार्यक्रमहरुलाई अगाडी बढाईएकाउ उनको जिकिर थियो । यस्तै सोही कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत झबिलाल भट्टराईले वडा नम्बर ४ सम्पूर्ण वडामै नमूना काम गरेको भन्दै पं्रशसा गरेका थिए । उनले वडा नम्बर ४ का टोल सुधार समितिहरुले उत्कृष्ट काम गरेको बताउदै यसको सिको अन्य वडाहरुले पनि गर्नुपर्ने बताए । 


वडा नम्बर ४ का वडा अध्यक्ष ओम प्रकाश चौधरी को अध्यक्षतामा सम्पन्न सम्मान तथा न्यानो कम्बल वितरण कार्यक्रममा  वडा नम्बर ४ का वडा अध्यक्ष ओम प्रकाश चौधरी, वडा सदस्यहरु, प्रहरी, समाजसेवी, पत्रकार तथा  बिभिन्न टोल सुधार समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार