जमुनाहा नाकामा यात्रुहरू अलपत्र

Marchuwar News 1+ समाचार ( )
१७ अशोज २०८०, बुधवार

नेपालगन्ज — नेपालगन्जमा मंगलबारदेखि लगाइएको  कर्फ्युका कारण जमुनाहा नाका भएर यात्रा गर्ने धेरै यात्रुहरू नाकामै अलपत्र परेका छन् ।

नेपालगन्जमा मंगलबार दिउँसो १ बजेदेखि लागेको कर्फ्युका कारण भारतको विभिन्न ठाउँबाट आएका करिब १५ सय नेपालीहरू जमुनाहा नाकामै रोकिएका हुन् ।


बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जमुनाहा नाकामा आएका उनीहरूलाई गाडी मगाएर पठाउने काम भइरहेको बताए । प्रहरीले बसपार्कबाट पाँच वटा र आफनो एउटा गाडी गरी ६ वटामा राखेर उनीहरुलाई राँझाचोकसम्म पुर्‍याइँदै छ । स्थानीय प्रशासनले दक्षिणमा जमुनाहा, उत्तरमा राँझाचोक, पश्चिममा इन्द्रपुर गेट र पूर्वमा राप्ती नदीसम्म कर्फ्यु लगाएको छ।


नेपालगन्ज बुधबार बिहान अवस्था सामान्य देखिएको छ । सडकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। अत्यावश्यक कामबाहेक सडकमा हिँड्न दिइएको छैन।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार