प्रत्येक १२ वर्षमा बृहस्पति ग्रहले सूर्यको एक परिक्रमा पुरा गर्दछ । सोही उपलक्ष्यमा बृहस्पति गुरुप्रति आभार व्यक्त गर्न १२ वर्षमा लाग्ने कुम्भमेलालाई पूर्ण कुम्भ भनिन्छ भने ६÷६ वर्षको मेलालाई अर्ध कुम्भ भनिन्छ । अन्तरिक्षबाट आऊँने असंख्य क्षुद्र ग्रहहरूलाई आफुतिर तानेर पृथ्वीलाई जोगाउने भएकोले बृहस्पति ग्रहको ठूलो महत्व छ । त्यति मात्र होइन ग्रहहरु मध्येको गुरुग्रहका रूपमा वृहस्पति ग्रहलाई लिने गरिन्छ । त्यस्तै ग्रहहरुको राजा सम्पूर्ण ग्रहहरुलाई नियन्त्रण गर्ने ग्रहका रूपमा दिवाकर अर्थात सूर्य ग्रहलाई लिने गरिन्छ भने भनको कारक ग्रह निशाकर अर्थात रातको राजाका रूपमा चन्द्रमालाई लिने गरिन्छ । यी तीन वटै ग्रहहरु एउटै राशिमा रहनु प्राय ः दुलर्भ मानिन्छ । यस्तो अवसर कुनै पनि व्यक्तिले आफ्नो जीवन कालमा एकपटक भाग्यले प्राप्त गर्न सक्छ वा प्राप्त नगर्न पनि सक्छ । किनकी यस्तो अवसर १४४ वर्षमा एकपटक मात्र आउँछ । यसैले १४४ वर्षमा सूर्य ग्रह बृहस्पति ग्रह एवं चन्द्रमा समेत मकर राशिमा प्रवेश गÞरेपछि लाग्ने स्नान पर्व लाई महाकुम्भ भन्ने परम्परा छ । जुन संयोग आज जुरेको छ ।
खगोल शाश्र अनुसार यो अवस्था निकै दुर्लभ र महत्वपूर्ण मानिन्छ । तेसैले करोड़ों हिन्दू सनातन श्रद्धालुहरू प्रयागमा स्नान गर्न जाने गर्दछन ।
यो महाकुम्भ मेलामा करिव ८० करोड़ हिन्दू सहभागी हुने अनुमान छ । अघिलो महाकुम्भ मेला सन १८८१ मा प्रयागमा भएको थियो ।कुम्भमेला मुख्यतः प्रयाग इलहावादमा हुने भएतापनि हरिद्वार, इलाहाबाद, उज्जैन र नासिकमा समेत मेला लाग्ने गरेको छ ।
समुद्र मन्थनबाट निस्केको अमृतका थोपा झरेको स्थानमा कुम्भ स्नान मेला आयोजन गरिने परम्परा रहि आएको मानिन्छ । अहिलेको महाकुम्भ मेला ४५ दिनसम्म लाग्नेछ जसका वीचमा मकर संक्रांति, मौनी अमावस्या, वसंत पंचमी अचला सप्तमी, माघ पूर्णिमा , महाशिवरात्री जस्ता पर्वहरु पनि समावेश भएका छन् ।
यस्तो दुलर्भ तथा अद्भूत महाकुम्भ मेलाको दर्शन तथा स्नान गरी अनन्य पूण्य प्राप्त गर्ने अवसर प्राप्त गरी धन्य हुनु हुनेछ भन्ने कामना पनि गर्दछौं !
जय मकर सक्रान्ति ! जय माघी ! जय महाकुम्भ !