धनगढी - नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा धनगढी आउने कार्यक्रम तय भएको छ । काँग्रेस कैलालीका अनुसार २४ गते विहान प्रधानमन्त्री देउवा धनगढी पुग्ने कार्यक्रम तय भएको हो ।
सोही दिन प्रधानमन्त्री देउवाले धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा निर्माण भएको सिटीहलको उद्धघाटन गर्ने कार्यक्रम रहेको छ । संघीय सरकारको २५ करोड २६ लाख रुपैयाँको लागतमा सिटीहल निर्माण भएको हो ।
सोही दिन धनगढीमै हने अवयवस्थित बसोबासीको कार्यक्रममा पनि सहभागी हुने कार्यतालिका तय भएको काँग्रेसले जनाएको छ । अहिले भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा आज स्वदेश फर्किंदैछन् । काठमाडौं फर्किनुअघि उनी आज उत्तर प्रदेशको बनारस पुगेका छन् ।