अर्किड एजुकेसनमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

महेश गुप्ता 92+ समाचार ( )
१६ फाल्गुन २०८०, बुधवार

अवधेश विश्वकर्मा 

मर्चवार, १४ फागुन÷अर्किड एजुकेसन प्रा.ली.द्वारा माध्यमिक स्तरीय अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । मर्चवारी गाउँपालिका वडा नं ५ ओडवालिया अवस्थित अर्किडको कार्यालयमा सो प्रतियोगिता सम्पन्न भएको हो । 

४५ वटा सोधिएको उक्त हाजिरी जवाफ प्रतियोगितामा मानराजी देवी माध्यमिक विद्यालय सेमराले २४ अंक ल्याई प्रथम स्थान हासिल गरेको थियो । यसैगरी जनता माध्यमिक विद्यालय ओडिवालिया द्वितिय स्थान , ठर्की माध्यमिक विद्यालय ठर्की तृतीय स्थान र कृषक आदर्श माध्यमिक विद्यालय बेतकुइयाले चौथो स्थान ल्याइ सनत्वना पुरस्कार पाएको थियो । 

प्रत्येक विद्यालयबाट ४ जनाको एक समूह गरी ५ वटा विद्यालयहरुका कुल २० जना विद्यार्थीहरु सहभागी रहेका थिए । जसमा मानराजी देवी माध्यमिक विद्यालय सेमरावटा सुरज यादव, रवि यादव, रञ्जित यादव, हरीबचान यादव रहेका थिए ,  बगौली माध्यमिक विद्यालय बगौलीबाट लवकुश चाई, उमाकान्त चौधरी, जितेन्द्र चौधरी, अर्जुन गुप्ता रहेका थिए । यस्तै जनता माध्यमिक विद्यालय ओडिवालियावटा विशाल लोध, दीपेन्द्र केवात, प्रियंका कलवार, जानकी यादव तथा  ठर्की माध्यमिक विद्यालय ठर्कीबाट प्रातिमा चौधरी, गुडिया यादव, आशिष गुप्ता, सन्दीप यादव सहभागी भएका थिए । र कृषक आदर्श माध्यमिक विद्यालय बेतकुइयाबाट सागर चौधरी, उमेश कुमार काहर, ज्योति चौधरी, कविता लोध रहेका थिए ।

प्रतियगितामा आफ्नो मन्तव्य राख्दै ठर्की माविका प्रधानाध्यापक बलराम यादवले गाउँपालिकाबाट केहि बजेट विनियोजन गरी हाजिरी जावाफ प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, खेलकुद लगायतका विषयमा गाउँपालिका स्तरीय प्रतियोगिता गराउँदा विद्यार्थीहरुको अन्तर्निहित प्रतिभालाई प्रस्फुटन गराउन धेरै सहयोग पुग्ने बताएका थिए ।

मर्चवारमा धेरै पुराना पुराना विद्यालय हरु रहेका छन् तर अहिले कुनै बिद्यालय मा प्राविधिक शिक्षा नरहेको डि एक्स एन मर्चवार का अध्यक्ष शिवकुमार प्रजापतिले बताए । विद्यालय एउटा शिक्षाको मन्दिर रहेकोले विद्यालयमा राजनीति हुनु दुखद रहेको बताए । 

अर्किड एजुकेसन प्रालीको प्रधानाध्यापक चन्द्रकला अर्याको अध्यक्षतमा सम्पन्न सो प्रतियोगितामा जनता मावि का भूतपूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रदुम्न यादव, समाजसेवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार