रमजानको अवसरमा खद्यान्न वितरण

मर्चवार न्यूज 367+ समाचार ( )
५ चैत्र २०८१, बुधवार

मर्चवार । तौहीद मानव परोपकार सेवा संघद्वारा विपन्न परिवारलाई खद्यान्न वितरण गरिएको छ । संघले सोमबार मर्चवारी ५ ओडवलियामा १०० परिवारलाई खद्यान्न वितरण गरेको हो ।

रमजान महिनाको अवसरमा चामल, चिउरा, तेल, मसला आदि वितरण गरिएको संघका अध्यक्ष सैफुल्लाह चुरिहारले बताए । संघले गरीब परिवारहरुलाई सहयोग गर्नुका साथै विभिन्न समाजिक कार्य गर्दै आएको अध्यक्ष चुरिहारले जानकारी दिएका छन् । उनले भने ‘दुःख आइपर्ने तथा जीवनयापनमा कठिनाई हुने परिवारलाई सहयोग गर्ने हरेक मानवको धर्म हो । आफ्नो कमाईबाट दान गर्नु सबैको धर्म हो ।’


प्रतिक्रिया

Maqsud Ahmad ६ चैत्र २०८१, बिहीबार

Yes, I know him so well there are a lot of people who have no money to buy food and these people are doing great work in distributing these

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै