अन्जना चौहान
लुम्बिनी । रुपन्देहीको लुम्बिनी क्षेत्रमा रहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले आफ्नो क्षेत्रमा शून्य शहनशिलता अपनाएको जनाएको छ । इलाका प्रहरी कार्यलयको प्रमुख प्रहरी निरिक्षक दिपक मगराठीले लुम्बिनी क्षेत्रमाबाट तस्करी शून्य गर्ने अभियान चलाएको बताए ।
उनले दिएका जानकारी अनुसार इलाका प्रहरी कार्यालय लुम्बिनीले चालु आर्थिक वर्षमा ४ लाख ७९ हजार ४ सय ६० रुपैया बराबरको अवैध सामाग्री बरामद गरि वेलहिया भन्सार कार्यालय पठाएको छ ।
प्रहरी निरिक्षक मगराठीले दिएको जानकारी अनुसार किराना सामान १ लाख ८ हजार २ सय ५० रुपैया मूल्य बराबरको जुत्ता चप्ल, १ लाख बराबरको कपडा ५० हजार बरारबरको पशु चौपाय वरामद गरिएको थियो । यस्तै सवारी साधन जम्मा ७ लाख ३७ हजार मूल्य बरामद गरी वेलहिया भन्सार कार्यालय पठाएको मगराठीले जानकारी दिए ।
करीब ३ लाख ४६ हजार ८ सय बराबर पर्ने ३ सय ४० गोटा बोईलर कुखुरा पशु क्वारेन्टाईन पठाएको बताए ।
इप्रका लुम्बिनीबाट सेवाग्राहीहरुलाई नागरिकता सिफारिस सर्जमिन ३ सय ६० जनालाई सेवा प्रदान गरेको छन् । सामुदायिक प्रहरी साझेदारी अन्तर्गत जनचेतना मुलक कार्यक्रम घरेलु हिंसा, लागूऔषध सेवन तथा यसबाट हुने नोक्सानीबारे, साईबर क्राईम, आत्महत्या, मानव बेचविखन, ट्राफिक सचेतना, लगायत कार्यक्रमहरुबारे जनचेतनामूलक विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको उनले बताए ।
इलाका प्रहरी लुम्बिनीले फरार प्रतिवादी पक्राउ अभियान अन्र्तगत ३८ जना ब्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ परेका प्रतिवादीहरुलाई २५ वर्ष ४ महिना २५ दिन कैद र ५१ लाख १४ हजार ८ सय २ रुपैया बराबरको जरिवाना तिराउन सफल भएको उनले बताए ।