डिउटीमा खटिएका प्रहरी सहायक हवलदारको मृत्यु

मर्चवार न्यूज 367+ समाचार ( )
२१ पौष २०८२, सोमबार

मर्चवार । बुटवलमा कारको ठक्करबाट ट्राफिक प्रहरी सहायक हवलदारको मृत्यु भएको छ । सडकमा सवारी साधन चेकजाँचमा खटिएका प्रहरी सहायक हवलदार नागेश्वर पालको कारको ठक्कर बाट ज्यान गएको हो ।

बुटवल धागो कारखाना अगाडि पूर्वबाट बुटवलतर्फ आइरहेको कारले सडकमा चेकजाँचमा खटिएका पाललाई ठक्कर दिएको थियो । पालको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा ज्यानको गएको प्रहरीले जनाएको छ ।

कोटहीमाई ५ देवनबक्सापुर निवासी रहेका हवलदार पाललाई बाग्मती प्रदेश १–०३३–च००७७ नम्बरको क्रेटा कारको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने कार र चालक गुल्मी रेसुङ्गा नगरपालिका १ का ५६ वर्षीय दीपेन्द्रसिंह थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

बिशाल जयसवाल २१ पौष २०८२, सोमबार

कडा भन्दा कडा सजाय का माग

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार