दिनेश प्रसाद लोध
लुम्बिनी २७ माघ/ रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ११ मोगलाहा चौकमा स्वास्थ्य निशुल्क स्वास्थ्य शिविर सम्पन्न ।
इन्द्र हेल्थ क्लिनिकको सहयोगमा अधिवक्ता एवंम समाजसेवी शेषमन यादवको आयोजनामा शनिबार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ११ मोगलहा चौकमा एक दिने निशुल्क स्वस्थ्य शिबिर सम्पन्न भएको हो ।
स्वास्थ्य शिविरमा मधुमेह तथा ब्लड प्रेसर निशुल्क परिक्षण चेकजाँच तथा परामर्श गरि स्वास्थ्य शिविरमा ४९५ जनाले स्वास्थ्य चेक जाँच गरि बिरामीहरुलाई निशुल्क औषधी समेत बितरण गरेको अधिवक्ता शेषमन यादवले बताउनुभयो । लुम्बिनीमा साँस्कृतिक नगरपालिकाका भित्र का ग्रामिण क्षेत्रमा बिपन्न गरिब समुदायका जनतालाई आगामी दिनमा यस्तै निशुल्क स्वास्थ्य शिबिर आयोजना गर्ने यादवले प्रतिबध्दता जनाउनुभयो । स्वास्थ्य शिविर कार्यक्रममा क्रिमसनका डाक्टर. बिष्णुमुर्ति भट्टराई डा. रणधिर यादव, डा. हरिशडाक्टर , डाक्टर सहवाग खाँनले बिरामीहरुको स्वास्थ्य परीक्षण गर्नुका साथै स्वास्थ्य सम्बन्धी परार्मश समेत प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा अधिवाक्ता शेषमन यादवको अध्यक्षतामा प्रमुख अतिथि डाक्टर बिष्णु मुर्ति भट्टराई, डाक्टर रणधिर यादव , डाक्टर हरिश धवल डाक्टर सहवाग खाँन , समाजसेवी, बुद्धजिवीहरुको उपस्थितिमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको थियो।