रुपन्देही जिल्लाभरी निषेधाज्ञा जारी

मर्चवार न्यूज 367+ समाचार ( )
२४ भाद्र २०८२, मङ्गलबार

मर्चवार । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लाभरी निषेधाज्ञा जारी गरेको छ । मंगलबार बिहान सूचना जारी गर्दै अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले जारी गरेका आदेशमा रुपन्देही जिल्लाका विभिन्न क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी आज विहान ९.३० बजेदेखि अर्को आदेश नभए सम्मको लागि रुपन्देही जिल्लाभर निषेधाज्ञा लागू हुने जानकारी गराएका छन् ।

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन सहित) को दफा ६ को उपदफा ३ (क) बमोजिम निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार