श्रृजना पालको शवलाई पोस्टमार्टमको लागि भैरहवा पठाइयो, श्रीमान् प्रहरीको नियन्त्रणमा

मर्चवार न्यूज 367+ समाचार ( )
२६ जेठ २०८२, आइतबार

मर्चवार २५ जेठ । रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ मा जलेको अवस्थामा भेटिएको श्रृजना पालको शवलाई पोस्टमार्टमको लागि भिम अस्पताल भैरहवा पठाईएकोछ छ । सोही वडा पाण्डेय डिह की २२ वर्षिय पालको आज राती करीब २ः०० बजे स्थानीयले जलेको अवस्थामा फेला परेका थिए ।  

घटनाबारे जानकारी पाउन साथ प्रहरी अनुसन्धानमा खटिएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रदिप क्षेत्रीले जानकारी दिए । 

“सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ पाण्डेडिह दानव खोला नजिकै शव रहेको जानकारी विहान करिब ३ बजे थाहा पायौं” एसपी क्षेत्रीले भने  “आवश्यक प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमाका लागि भैरहवा पठाएका छौँ र अनुसन्धान गरिरहेका छौं ।”


क्षेत्रीले अनुसन्धानमा “ओम” नामको कुकुरको प्रयोग गरिएको र कुकुरले महिलाको घर सम्म पु¥याएको जानकारी दिए । अहिले मृतकको पति प्रमोद पाललाई नियन्त्रणमा लिएर राखिएको र तिलोत्तमा १७ ठठरिहवा रहेको माईती पक्षलाई घटनास्थलमा बोलाई थप अनुसन्धान भइरहेको क्षेत्रीले जानकारी दिए ।

“प्रारम्भिक अनुसन्धानको क्रममा कुकुरले घर सम्म पु¥याएको हुदा महिलालाई घरबाट नै घटनास्थल सम्म पु¥याएको देखिन्छ ।” कार्कीले भने “तर घटना आत्महत्या हो वा हत्या हो यस विषयमा अहिले नै केही भन्न सक्ने अवश्था छैन, हामी अनुसन्धानमै छौं ।”

प्रतिक्रिया

Bimalesh Yadav २६ जेठ २०८२, आइतबार

छन बिन गरि यस्तो कुकर्म गर्ने लाई ठुलो भन्दा ठुलो सज्जा दिने सरकर सग आपिल छ

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार