मर्चवारीका शिक्षकलाई बहुभाषिक शिक्षा तालिम

मर्चवार न्यूज 367+ समाचार ( )
१० अशोज २०८१, बिहीबार

मर्चवार १० असोज । रुपन्देहीका मर्चवारी गाउँपालिकाका शिक्षकहरुलाई बहुभाषिक शिक्षा सम्बन्धि तालिम प्रदान गरिएको छ । कालिका स्वावलम्बन समाजिक केन्द्रको आयोजना, मर्चवारी गाउँपालिका शिक्षा तथा खेलकुद शाखा, शिक्षा तालिम तालिम केन्द्र भैरहवा, रुपन्देही, शिक्षा विकास तथा समन्वय ईकाइ रुपन्देहीको सहयोग र ब्रिटिस काउन्सिलको प्राविधिक सहयोगमा उक्त तालिम सम्पन्न भएको हो ।

यूरोपियन युनियन र युनिसेफको आर्थिक सहयोगमा असोज ७ गते देखि १० गते सम्म ४ दिन तालिम संचालन भएको कालिका स्वावलम्बन समाजिक केन्द्रका कार्यक्रम संयोजक हरिश्चन्द्र चौधरीले बताए । कक्षा १ देखि ३ सम्म अध्ययापन गराउने ३० जान शिक्षकहरुलाई तालिम दिइएको उनले बताए । तालिममा एक विद्यालयबाट २ जना गरी १५ सामुदायिक विद्यालयका शिक्षकहरुलाई सहभागी गराइएको संयोजक चौधरीले बताए । 


होटल बुद्धमाया गाण्र्डेन पर्सा लुम्बिनीमा सम्पन्न उक्त तालिमको समापन कार्यक्रममा बोल्दै तालिम केन्द्र भैरहवा रुपन्देहीका तालिम प्रमुख तथा समापन कार्यक्रममा प्रमुख अतिथि दिवाकर भण्डारीले विद्यार्थीहरुलाई सजिलो भाषामा सिकाउनु नै असल शिक्षकको गुण रहेको बताए । यस तालिम पछि मर्चवारी गाउँपालिकाको बालबालिकाहरुको सिकाई पहिलाको तुलनामा बढे मात्र तालिमको उपलब्धि हुने बताए । हरेक २ वर्षमा बालबालिकाको सिकाई क्षमताको सर्बेक्षणमा हरेक सर्बेमा बढाउन शिक्षककै प्रमुख भुमिका रहेको उनले बताए । उनले भने ‘यस तालिममा विभिन्न निकायको बालबालिकाको सिकाईको क्षमता बढाउन उद्देश्य राखेर यो प्रजेक्टमा लगानी रहेको छ जसलाई शिक्षकले ने सार्थक पार्नेछन भन्ने विश्वास लिइएको छ । शिक्षकहरुबाट सधै साकारत्मक सिकाइको नै अपेक्षा गरिन्छ ।’

तालिमका प्रशिक्षक हरिश्चन्द्र बरईले बालबालिकाको सिकाई क्षमता बढाउने विभिन्न शैलीबारे तालिम दिइएको बताए । बालबालिकाहरुले सुरुमा बोल्ने मातृभाषालाई प्रथमिकता दिएर किताबी भाषाको प्रयोग गरी शिक्षकले पढाउनु पर्ने बताए । उनले भने ‘सिकाउनु एउटा अभिनय जस्तो हो विद्यार्थीहरुले कसरी बुझदछन् हामी त्यसरी नै सिकाउने प्रयास गर्नु पर्दछ । तालिममा सिकेका सीप र शैली ब्यवहारिक रुपमा प्रयोग गरी बालबालिकाहरुलाई अध्ययापन गर्नुहोला ।’ विद्यार्थीलाई राष्ट्रिय भाषा नै बोल्ने कर नलगाई उनीहरुको बोल्ने भाषा मै सिकाउन पर्यास गर्नुपर्ने उनले बताए । 

तालिमका सहभागी शिक्षक उमाशंकर सहानीले विद्यालयमा पढाउँदा हुनेगरेका चुनौतीलाई समाना गर्ने क्षमताको विकास भएको बताए । भर्खरै विद्यालाय आएका बालबालिकाहरुलाई मातृभाषा तथा राष्ट्रिय भाषाको प्रयोग गरी बहुभाषाले कसरी सिकाउने भन्ने कुराको तालिम सामाग्रीको प्रदर्शनले समेत निकै जानकारीमुलक भएको उनले बताए । 

यसैगरी तालिमकी सहभागी शिक्षिका सबिता श्रीवास्तवले विद्यार्थीहरुको मनोबिज्ञानलाई बुझेर कसरी शिक्षा प्रदान गर्नेबारे सिकेका कुरालाई राम्रो तरिकाले प्रयोग गर्ने बताइन् । बालबालिकाहरुलाई अध्ययापन गर्ने शिक्षकहरुलाई तालिम दिएको आयोजक तथा सहयोगी संस्थालाई धन्यवाद ब्यक्त गरेकी थिइन् । 

कार्यक्रममा तालिमका आयोजक संस्थाका तालिम संयोजक हरिश्चन्द्र चौधरी, ब्रिटिस काउन्सिलका आशिस भट्टराई लगायतका मनतब्य राखेका थिए । 


प्रतिक्रिया

Ram kishun chaudhary १० अशोज २०८१, बिहीबार

this types of training is very Impressive and useful for us

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै