अवधेश विश्वकर्मा
मर्चवार, १८ पुस/श्री महालक्ष्मी स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लि. सम्मरीमाई ७, बेतकुइयाले नयाँ कार्यसमिति चयन गरेको छ । बुधबार संस्थाको २४ औँ वार्षिक साधारण सभाको अवसरमा ९ सदस्यीय कार्यसमिति चयन भएको हो ।
संस्थाको नयाँ कार्यसमिति अध्यक्षमा अर्जुन प्रसाद मुराव चयन भएका छन् । यस्तै उपाध्यक्षमा नगीना कुर्मी, सचिवमा विजय कुमार कोहार, कोषाध्यक्षमा रामकुमार लोध रहेका छन् । नव गठित संचालक समिति सदस्यमा इन्दु देवी मुराव, रामदेव लोध, सरस्वती हरिजन, जगन्नाथ लोध, जदुनाथ धावल चयन भएका छन् । यस्तै संस्थाको लेखा समितितर्फ लेखा संयोजकमा जगरनाथ कुर्मी तथा सदस्यमा ओमप्रकाश त्रिपाठी र सुनिला यादव रहेका छन् ।
कार्यक्रममा बोल्दै नव निर्वाचित संस्थाका अध्यक्ष अर्जुन प्रसाद मुरावले नियम कानुन अनुसार सबै सरसल्लाह तथा सहयोगमा संस्थालाई ईमान्दारीपूर्वक अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सभामा संस्थाका व्यवस्थापक महेश प्रसाद लोधद्वारा प्रस्तुत वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुसार संस्थाले आ.व. २०७९/०८० मा कुल ९१ हजार २ सय रुपैया शेयर पूँजी प्राप्त गरेको छ भने ४ हजार ७ सय शेयर पूँजी फिर्ता गरी संस्थामा जम्मा ५ लाख ७४ हजार ४ सय ५० रुपैया शेयर पूँजी रहेको छ ।
२ सय ५३ महिला तथा १ सय ६० पुरुष गरी जम्मा ४१३ जना सदस्य रहेको उक्त संस्थामा २०८० अषाढ मसान्तमा नगद तर्फ १६ हजार २ सय ६८ रुपैयाँ ८० पैसा रहेको ब्यवस्थापक लोधले जानकारी दिएका छन् । बैँकमा ३० लाख ८२ हजार २४ रुपैया २५ पैसा रहेको उनले बताए । संस्थाले अषाढ मसान्तमा २ करोड १० लाख ९० हजार ६ सय ११ रुपैयाँ बचत गर्न सफल भएको र २ करोड १२ लाख १३ हजार १ सय ११ रुपैयाँ ऋण असुलगर्न बाँकी रहेको ब्यवस्थापक लोधले जानकारी दिएका छन् ।
संस्थाले कुल ३ करोड ७ लाख १४ हजार ४ सय ६१ रुपैयाँ ३४ पैसाको कारोबार गरी कुल १ लाख २६ हजार ८ सय ८३ रुपैयाँ ५३ पैसा शुद्ध नाफा आर्जन गरेको छ ।
सो अवसरमा संस्थामा बचत गर्ने २० जना उत्कृष्ट वचतकर्ताहरुलाई दोसल्ला ओढाई सम्मान पनि गरिएको थियो ।
२४ औँ साधारण सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सम्मरीमाई गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष राधेश्याम कुर्मीले वडा कार्यालयबाट संस्थाका सम्पुर्ण शेयर सदस्यहरुकालागि सहकारी तालिम संचालन गर्ने बताए । प्रमुख अतिथि कुर्मीले सहकारी संस्थामा आफ्नो अबद्धता समेत रहेको जनाउदै यसलाई अगाडी बढाउनुपर्नेमा जोड दिएका थिए । उनले सहकारी संस्थालाई लिमिटेडमा परिवर्तन गरि सस्थालाई थप बलियो बनाउनुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा सम्मरीमाई गाउँपालिका सहकारी शाखाका प्रमुख महेन्द्र प्रसाद हरिजन, श्री कृष्ण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लि. अध्यक्ष अशोक कुमार त्रिपाठी, श्री मर्चवारीदेवी स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष श्यामसुन्दर यादव, श्री नवदुर्गा स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक लगायतकाले मन्तव्य राखेका थिए ।
संस्थाका निवर्तमान अध्यक्ष योगेन्द्र प्रसाद मौर्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम संस्थाका निवर्तमान सचिव इन्द्रजीत धवलले सञ्चालन गरेका थिए ।
कार्यक्रम संचालक को नाम आएन।