मर्चवार १४ असोज । रुपन्देहीको मर्चवार क्षेत्रको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । कोटहीमाई ७ हर्दीका १२ वर्षीय दिपु यादवले सडकमा साइकलबाट गइरहेको बेला चिप्लेर नहरमा गई डुबेर मृत्यु भएको ईलका प्रहरी कार्यालय मझगावाँका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिएका छन् ।
घरबाट करीब दिउँसो ४ बजे तुनिहवा तिर जाने क्रममा तुनिहा–अमवा सडकखण्डमा हर्दी चोक भन्दा ३ मिटर उत्तर तर्फ सडकसंगै रहेको कलभर्ट नजिक नहरमा डुबेर उनको मृत्यु भएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिएका छन् । घटनाको केही बेरमै उनलाई उपचारको लागि भिम अस्पतालमा लग्ने बित्तिकै चिकित्सकले मृत्यु घोषण गरिसकेको प्रहरी निरीक्षक बस्यालले बताए ।