फागुन २१ को मतदानका लागि सामग्री वितरण

मर्चवार न्यूज 367+ समाचार ( )
१९ फाल्गुन २०८२, मङ्गलबार

मर्चवार । रुपन्देही निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत रहेका सम्पूर्ण मतदान अधिकृतहरूलाई निर्वाचनसम्बन्धी आवश्यक सामग्रीहरू हस्तान्तरण गरिएको छ । उक्त क्षेत्रका ४८ वटा मतदान स्थलमा रहेका १ सय ३३ मतदान केन्द्रका लागि आवश्यक सामग्री वितरण गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयका निर्वाचन अधिकृत टोब बहादुर विष्टका अनुसार प्रतिनिधि सभा सदस्य पदका लागि फागुन २१ गते हुने मतदानका लागि खटाइएका कुल ७ सय ९८ जना कर्मचारीहरूलाई नियुक्तिपत्र प्रदान गर्दै आ–आफ्नो जिम्मेवारी तोकिएको छ । मतदान कार्यलाई निष्पक्ष, शान्तिपूर्ण तथा व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले सबै तयारी समयमै सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो ।

मतदानका लागि आवश्यक मतपत्र, मतपेटिका, मतपेटिका शील नम्बर, मतदान केन्द्र सञ्चालनसम्बन्धी कागजातलगायत सम्पूर्ण सामग्री सम्बन्धित मतदान केन्द्रका अधिकृतहरूलाई हस्तान्तरण गरिएको निर्वाचन अधिकृत विष्टले बताउनुभयो । साथै, मतदान प्रक्रियामा संलग्न सबै कर्मचारीहरूलाई निर्वाचन आचारसंहिता र कार्यविधिबारे समेत आवश्यक निर्देशन दिइएको उहाँको भनाइ छ ।

निर्वाचन कार्यालयका अनुसार मतदान कार्यलाई व्यवस्थित बनाउन सुरक्षा निकायसँग आवश्यक समन्वयसमेत गरिएको छ । फागुन २१ गते हुने मतदानलाई सफल बनाउन सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको निर्वाचन कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार