मर्चवारमा यादुवंशी युवा समाजद्वारा ३२ युनिट रक्तदान

मर्चवार न्यूज 367+ समाचार ( )
३२ श्रावण २०८२, शनिबार

मर्चवार । रुपन्देहीको मर्चवार क्षेत्रमा यादुवंशी युवा समाजद्वारा ३२ युनिट रक्तदान गरिएको छ । श्री कृष्ण जन्माष्टमीको अवसरमा ‘रक्तदान जीवन दान’ मुल नाराका साथ शनीबार कोटहीमाई ६ मर्चवारी मन्दिर परिसरमा उक्त रक्तदान गरिएको यादुवंशी युवा समाज रुपन्देहीका अध्यक्ष डा. रणधीर यादवले बताए ।  

रुपन्देही क्षेत्र नं.४ पुर्व प्रतिनिधि सभा सदस्य प्रमोद कुमार यादवको प्रमुख अतिथ्यतामा समाजका विभिन्न सदस्य सहित विभिन्न युवाहरु रक्तदान गरेका अध्यक्ष यादवले जानकारी दिएका छन् । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले समाजको हरेक क्षेत्रको विकासमा युवा नेतृत्व आश्यकता रहेको बताए । समाजमा बढदै गरेका विरामीहरुलाई रगतको आश्यकता ब्यवस्थापन प्रति युवाको अग्रसरता प्रति खुसी ब्यक्त गरेका थिए । रक्तादन गरेका सबैलाई धन्यवाद ब्यक्त गर्दै आउने दिनमा समाजको हरेक समस्या निवारण प्रति हाथेमालो गर्न आग्रह गरेका थिए । 


कार्यक्रममा कोटहीमाई गाउँपालिका पुर्वअध्यक्ष चन्द्रभुषण यादव, नेपाली कांग्रेस क्षेत्र नं. ४ का सभापति मुकेश यादव, कोटहीमाई ७ का वडाध्यक्ष पवन कुमार यादव, मर्चवारी मन्दिरका महन्थ साधुसरण दास महराज लगायत विभिन्न युवाहरुको उपस्थिती रहेको थियो । 

नेपाल रेडक्रास सोसाइटी रक्त सञ्चार ईकाइ बुटवलको प्राविधिक सहयोग तथा यादुवंशी युवा समाज मर्चवारी गाउँपालिकाको संयोजकत्वमा सम्पन्न उक्त रक्तदान कार्यक्रमलाई रामसरन यादवले संचालन गरेका थिए । 

प्रतिक्रिया

Bijay Parkash Yadav १ भाद्र २०८२, आइतबार

Sayire 4 chhapiya gaue palika

Rinku yadav १ भाद्र २०८२, आइतबार

Good job

Govind yadav kotahimai 3 maryadpur १ भाद्र २०८२, आइतबार

Yadubanshi yuwa haru le gareko karya bata Ma ekdamai Khushi xu sampurna marchawar ko yadubanshi samaj lai dhanyavad.

Ram Saran ३२ श्रावण २०८२, शनिबार

I really appreciate your help, Marchwar Sandesh! Thank you so much! 👍❤️Sandesh! Thank you so much! 👍❤️

यदुवंशी युवा समाज ,मर्चवारी रूपन्देही ,सचिव मुकेश यादव को तर्फ बाट धेरै धेरै धन्यवाद दिन चाहन्छु ।👏 ३२ श्रावण २०८२, शनिबार

आज मिति 2082/04/31 गते यदुवंशी युवा समाज भैरहवाको आयोजनामा भएको बृहत रक्तदान कार्यक्रम सफलता पुर्बक सम्पन्न भएको छ, कार्यक्रममा सहभागी भएका सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद तथा रक्तदान गर्ने साथीहरुलाई बिशेष धन्यवाद।🙏🙏

धर्मराज यादव ३२ श्रावण २०८२, शनिबार

सूचना सम्प्रेषण गर्नु भएकोमा धेरै धेरै धन्यवाद

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै