मर्चवार, २ भदौ । रुपन्देहीको मर्चवारी गाउँपालिकामा निःशल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । मर्चवारी गाउँपालिका र शुभ अवसर ग्राम नेपालको साझेदारी तथा युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवाको प्राविधिक सहयोगमा हिजो १ शनीवार मर्चवारी ५ स्थित अधार भुत स्वास्थ्य केन्द्र महुवारीमा उक्त शिविर सम्पन्न भएको हो ।
शिविरमा उपस्थित भई ६ सय २४ निःशुल्क सेवा लिएको मर्चवारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख फेकन साहले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार शिविरमा उपस्थित विरामीहरुबाट ३ सय ७८ जना जनरल चिकित्सक सेवा, ५९ जना बाल रोग सेवा, २ सय ८२ जना हाड जोर्नी सेवा, ७८ जना नाक कान घाँटी रोग सेवा, २ सय १२ जना छाला तथा यौन रोग सेवा, ३ सय २ जना स्त्री तथा प्रसुती रोग सेवा, ८२ जना दाँत तथा गिजा रोग सेवा, १ सय १२ जना ई.सी.जी. सेवा, १ सय २४ जना भिडियो एक्स्रे सेवा एउटै बिरामीले विभिन्न सेवा लिएका थिए ।
शिविर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले गाउँघरमै स्वास्थ्य शिविर सञ्चालन गर्दा बिरामीहरु अस्पताल जानुपर्ने बाध्यताको अन्त्य भएको बताए । उनले जनताहरुले गाउँघरमै स्वास्थ्य सेवा लिन चाहिरहेको बताए । गाउँपालिकामा स्वास्थ्य सेवालाई प्राथमिकताका साथ योजना निर्माण काम गरेको अध्यक्ष बराईले बताए । स्वास्थ्य चौकीहरुबाट प्रवाह हुने सेवाहरु ब्यवस्थित गर्दै जाने अध्यक्ष बरईले बताए ।
कार्यक्रममा मर्चवारी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराई, युनिभर्सल क्लेज अफ मेडिकल साइन्सेजका प्रशासन प्रमुख तेज कुमार केसी लगायत विभिन्न वडाध्यक्ष तथा संघसंस्थाका प्रतिनिधिहरुले मनतब्य राखेका थिए ।