मर्चवार । श्री जनकल्याण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामा पुनः चोरीको गरिएको छ । मर्चवारी ४ सिलौटिया स्थित उक्त सहकारी कार्यालयमा करीब १ वर्ष अगाडी भएको चोरीको घटनाको अपराधी नसमातदै पुनः चोरीको प्रयास भएको हो ।
असार १९ गते राती अज्ञात ब्यक्तिले राती १ः१३ बजे मुल गेटको ताला तोडी चोरीको प्रयास गरेको इलाका प्रहरी कार्यालयम मझगावाँका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताए । मुल गेटको ताला तोडेर भुइ तल्लाको स्टोर कक्षको ताला तोडेर १ः२९ बजे नै बाहिर फर्केको सिसिटिभी फुटेजमा देखिएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिएका छन् ।
सहकारीको आर्थिक कारोबार पहिलो माथिल्लो तल्लामा हुने भएको हुँदा उक्त ब्यक्तिले त्यहाँ नपुगेकोले कुनै आर्थिक क्षति नभएको उनले जानकारी दिएका छन् । घटनाबारे कडा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बस्यालले बताए ।
उक्त सहकारीमा २०८१ साउन ३१ गते राती १२ बजे करीब २३ लाख चोरी भएको थियो । उक्त चोटीको मुख्य अपराधी अहिले सम्म पक्राउ परेको छैन । यस्ता घटना नियमित हुनथालेपछि सहकारीको सुरक्षा प्रति कडा चुनौती देखिएको छ ।
Security guard ko bewastha milaunu paryo sir