‘सिद्धार्थनगरलाई पर्यटनको हब बनाउन स्थानीय सरकार लाग्नुपर्छ’

महेश गुप्ता 92+ समाचार ( )
३ चैत्र २०८०, शनिबार

भैरहवा, ३ चैत / उद्योगी–व्यवसायीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई पर्यटनको हबबनाउन स्थानीय सरकार लाग्नुपर्ने बताएका छन् । उनीहरुलेबुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर (भैहरवा) लाई पर्यटनको हब बनाउनुपर्नेमा जोड दिए ।

चेम्बर अफकमर्श (उद्योग व्यापार संगठन), रुपन्देहीले शुक्रबार भैरहवामाआयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा उद्योगी–व्यवसायीले यस क्षेत्रको विकासका लागि व्यवसायिक संघ–संस्थाले धेरै कुरा उठाउँदै आएको बताए । स्थानीय सरकारसँग सहकार्य गर्दै व्यवसायिक संघ–संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गरेको उनीहरुको भनाइ छ ।

सिद्धार्थनगर नगरपालिकाका नव आगन्तुक प्रमुख प्रशासकीय अधिकृत जनक थापालाई स्वागत गरिएको उक्त कार्यक्रममा बोल्दै उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले पर्यटन प्रवद्र्धनका लागि संगठनले मेला–महोत्सव गर्दै आएको बताए । उनले भने, ‘यहाँ पर्यटकको बसाइ लम्ब्याउन सकिएको छैन । यसका लागि योजना बनाउनुपर्छ । ’ पर्यटकको बसाई लम्ब्याउन सिद्धार्थनगरमा डण्डा कोरिडोर परियोजना यथाशिघ्र अगाडि बढाउनुपर्ने उनले बताए । उनले करको दर नभइ दायरा बढाउन माग गरे ।संगठनले उद्योगी–व्यवसायीको हकहितसँगै सामाजिक क्षेत्रमा कामगर्दै आएको अध्यक्ष श्रेष्ठले बताए । 

संगठनका पूर्वअध्यक्ष तथा सल्लाहकार नारायण प्रसाद भण्डारीले भैरहवामा सभा, सम्मेलन, मेला, महोत्सव आयोजना गर्न स्थायी मण्डप आवश्यक रहेको बताए । उनले भने, ‘स्थायी मण्डपका लागि मुख्य बजारमै स्थायी मण्डप बनाउन आवश्यक छ ।’ उद्योगी–व्यवसायी बैंकबाट पीडित रहेको र आर्थिक मन्दीको यो समयमा कर धेरै बढाउन नहुने उनले धारणा राखे । 

सिद्धार्थनगर नगरपालिकालाई पर्यटनको हब बनाउन स्थानीय सरकार लाग्नुपर्ने उनले बताए । ‘स्थानीय सरकारसँग कति धेरै अधिकार हुन्छ भन्ने कुरा काठमाडौं महानगरपालिकामा भएका कामले पनि प्रमाणित गरेको छ, ’भण्डारीले भने ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष राम प्रसाद पोख्रेलले पर्यटनको प्रवद्र्धनका लागि नयाँ वर्ष २०८१ को स्वागतगर्दै त्यसको पूर्व संन्ध्यामा भैरहवामा सडक खाना महोत्सव आयोजना गर्न लागेको बताए ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले भैरहवामा रहेर काम गरेको आफूसँग अनुभव रहेको बताए । उनले उद्योग व्यापार संगठन, रुपन्देहीले आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रमले जिम्मेवारी बढेको आफूले अनुभुति गरेको बताए । उनले भने,‘ सिद्धार्थनगर नगरपालिकाले तुलनात्मक रुपमा भौतिक पूर्वाधारमा बढी प्रगति गरेको छ । सिद्धार्थनगर नगरपालिकाले विभिन्न सम्भावना बोकेको छ ।’

उनले नगरबासीको सल्लाह–सुझाव लिएर नै अघि बढ्ने बताए । उनले भने, ‘म जति दिन यहाँ बस्छु, नगरको हितको लागि काम गर्छु । यहाँहरुको साथ, सहयोग, सल्लाह र सुझाव अपरिहार्य छ । एकजुट भएर अघि बढ्नुपर्छ ।’

संगठनका अध्यक्ष दर्पण श्रेष्ठको अध्यक्षता, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाको प्रमुख आतिथ्यता, संगठनका सचिव गौतम कुमार गुप्ताको स्वागत, वरिष्ठ उपाध्यक्ष सचिन रोक्काको धन्यवाद ज्ञापन तथा महा सचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

नेतृत्व विकास तालिम

चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन), रुपन्देहीको आयोजनामा भैरहवामा शुक्रबार नेतृत्व विकास तालिम सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिका–९ उदयपुरस्थित संगठनको सभाहलमा भएको तालिमको प्रशिक्षक विजय पाण्डेले सहजीकरण गरेका थिए । 

नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक तथा संगठनका सचिव गौतम कुमार गुप्ताले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार