रुपन्देहीका सीमा ७२ घण्टा बन्द
१० जेठ २०८१, बिहीबार
भैरहवा १० जेठ । भारतसंग सीमा जोडिएका रुपन्देहीका सीमा ७२ घण्टा बन्द गरिएको छ । भारतको उत्तर प्रदेशको महाराजगञ्ज र सिद्धार्थनगर जिल्लामा हुने लोकसभाको निर्वाचनको लागि सीमा बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले एक सूचना जारी गर्दै जेठ ९ गते राती १२ बजे देखि जेठ १२ गते राती १२ बजे सम्मको लागि सीमा बन्द गरेको जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानाले भारतको दुई जिल्लामा अलग अलग मितिमा निर्वाचन हुने कारण सम्बन्धित नाका जिल्ला जोडिएका नाका मात्र बन्द हुने जानकारी दिए । सिद्धार्थनगर जिल्लामा शनिबार हुने निर्वाचनका कारण १२ गते सम्म भारतको सिद्धार्थनगर जिल्लासंग जोडिएका लुम्बिनी सांस्कृतिक नगरपालिकाको सीमा नाका बन्द गरिएको छ ।
यसै गरि जेठ १९ गते हुने महाराजगञ्ज जिल्लाको लोकसभा निर्वाचनको लागि जेठ १६ गते राती १२ देखि जेठ १९ गते राती १२ बजे सम्म महाराजगन्ज जिल्ला जोडिएको सिद्धार्थनगर नगर पालिका अन्र्तगतको नाका बन्द गरि रानाले जानकारी दिए ।
नेपाल र भारतमा निर्वाचन हुदा सुरक्षाका कारण सम्बन्धित देशदे ७२ घण्टा सीमा बन्द गर्ने गरेका छन् ।