मर्चवार । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भैरहवा र बुटवल क्षेत्रमा कर्फ्यू जारी गरेको छ । आज भदौ २३ गते अपरान्ह ४ बजे देखि राती १० बजे सम्म कर्फ्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेयले जानकारी दिनुभयो ।
बुटवल क्षेत्रमा पूर्वमा धागो कारखाना, पश्चिममा बेलवास चोक सम्म, उत्तरमा चिडिया खोला सम्म र दक्षिणमा मंगलापुर सम्म कर्फ्यू जारी गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिनुभयो ।
यसैगरी भैरहवा क्षेत्रमा पुर्वमा रोहिणी खोला पुल सम्म, पश्चिममा बेथरी सम्म, उत्तरमा बुद्धचोक सम्म र दक्षिणमा बेलहिया सम्म कर्फ्यू जारी गरिएको उहाँले बताउनुभयो ।
कर्फ्यू जारी भएको क्षेत्रमा कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा बैठक र घेराउ कार्य गर्न नपाउने आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिनुभयो ।